Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तले लन्च गर्याे छिमेक मोबाइल बैंकिङ एप

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १४ : ५३ मा प्रकाशित

छिमेक लघुवित्तले लन्च गर्याे छिमेक मोबाइल बैंकिङ एप

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेकी हुन् । 

आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, बिजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो एप मोबाईल फाईनान्स टेक्नोलोजीले विकास गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप् बराबरकै फिचरहरू रहेका छन् । समाज र समय विस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताए । 

सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । लघुवित्तका अनुसार चार लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पुर्याएको छ भने एक करोड रुपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूल कोषको करिब १८० गुणा आकारमा वृद्धि भएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको