Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको विन्टर अफर आजबाट लागू, ग्राहकलाई यस्ता छन् फाइदा

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ११ : ५३ मा प्रकाशित

नेपाल टेलिकमको विन्टर अफर आजबाट लागू, ग्राहकलाई यस्ता छन् फाइदा

नेपाल टेलिकमले आज (पुस २८ गते, बिहीबार) देखि लागु हुनेगरी विन्टर अफर २०७९ (Winter Offer 2079) उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) लाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । 

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु. १९९ देखि रु. ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । यस अफर अन्तर्गत जम्मा रु. ६९९ मा २८ दिनका लागि कुल २८ जिबी डाटा (दैनिक १ जिबी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । यसैगरी रु. ४९९ मा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीबी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ । जम्मा रु. १९९ मा २८ दिनका लागि कुल ४२०० एमबी डाटा (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस अफर अन्तर्गतका रु. १९९ देखि रु. ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध छन् । 

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको छ । जम्मा रु. १३० मा ५ दिनका लागि २ जिबी सबै नेटवर्कमा र ४ जिबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्नेगरी जम्मा ६ जिबी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ । रु. १०० र रु. २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिनेछ । 

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ । अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः जम्मा १६ हजार ६ सय ८२.६४ रुपैयामा र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्दछ । एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरु सबै प्याकलाई निरन्तरता दिइएको छ ।

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा रु. ३७३ मा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र रु. ३७३ मै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याकमा रेन्टल समाबेश गरी निरन्तरता प्रदान गरिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत रु. ५९९, ७९९, ९९९ र १४९९ का असिमित सुविधाहरु प्रयोग गर्न सकिने प्याकहरु निरन्तर उपलब्ध छन् । यसमा कम्पनीभित्रकै नेटवर्कमा असिमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जिबी डाटा प्रयोग गर्न सकिने ३० दिनको रु. ५९९को प्याक उपलब्ध छ । साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असिमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीबी डाटा ३० सम्म चलाउन सकिन्छ । रु. ९९९ र रु. १४९९ का ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असिमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । 

यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको