Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १७ : २८ मा प्रकाशित

विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने

विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन् ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज बसेको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

जस अनुसार विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ । 

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए । 

बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले पनि माघ महिनाबाट वाणिज्य बैंकहरूकाे निक्षपको ब्याजदर घटाउने निर्णय गरिसकेकाे छ । बैठकले मुद्दति निक्षेपको ११% कायम गर्ने निर्णय गरेको छ । यसअघि मुद्दति निक्षेपको ब्याजदर १२.१३३% थियो । यता, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने ९ प्रतिशतमै झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको