Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे एजीएमबाट ३०% लाभांश पारित

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १३ : ०० मा प्रकाशित

नबिल बैंककाे एजीएमबाट ३०% लाभांश पारित

नबिल बैंक लिमिटेडकाे ३८ औँ वार्षिक साधारण सभा आज पुस २९ गते, शुक्रबार सम्पन्न भएकाे छ । उक्त साधारण सभा सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा आयाेजना गरिएकाे थियाे ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।  

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेकाे छ ।

साधारण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र ए.आर.एम. नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ । 

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापनाकालदेखि हालसम्म रु. १९ अर्ब भन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको