अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे हिजाे माघ २ गते सोमबार बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी चार अर्ब तेह करोड बत्तीस लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने निर्णय बमोजिम नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस