Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे कारबाहीमा परे ६ विकास बैंक र ४ फाइनान्स

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १६ : ३८ मा प्रकाशित

राष्ट्र बैंककाे कारबाहीमा परे ६ विकास बैंक र ४ फाइनान्स

नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्सलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले पहिलाे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएकोलाई कारबाही गरेको जानकारी दिएकाे छ । 

राष्ट्र बैंककाे कारबाहीमा पर्ने विकास बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंक लिमिटेड रहेका छन् ।

त्यस्तै, फाइनान्सहरूमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई दुईपटक कारबाही गरेको छ । कर्णाली डेभलपमेन्टलाई गत असारमा विपन्न वर्ग कर्जातर्फ कारबाही गरी १ लाख ५२ हजार ९ सय २९ रुपैयाँ हर्जना तिराइएको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्टलाई कर्जा निक्षेप अनुपातमा कारबाही गरी गत साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४ सय ९३ रुपैयाँ तिराइएको छ।

त्यसैगरी सिन्धु विकास बैंकलाई साउन र भदौमा क्रमशः सोही शीर्षकमा कारबाही गरी १ लाख २६ हजार ३ सय ८४ र १६ लाख ९९ हजार १ सय ५१ रुपैयाँ, नारायणी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा ४ लाख ६३ हजार ७ सय ९४ र भदौमा ५ लाख १६ हजार ३ सय ७ रुपैयाँ, सप्तकोशी डेभलपमेन्टलाई सोही शीर्षकमा साउनमा २१ लाख ८० हजार ६ सय ६३ र भदौमा २८ लाख ९७ हजार ३ सय ५४ रुपैयाँ हर्जना तिराइएको छ। कर्णाली डेभलपमेन्ट बैंकलाई चालू आवको पहिलो त्रैमासिकमा पहिलो पटक अनिवार्य मौज्दातमा ७ सय ६ रुपैयाँ र दोस्रोपटक ३२ हजार ९ सय ६९ रुपैयाँ हर्जना तिराइएको छ । सालपा विकास बैंकलाई सोही अवधिमा सोही शीर्षकमा ३ सय ५३ रुपैयाँ हर्जना तिराइएको छ ।

 वटा फाइनान्सलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । नेपाल फाइनान्सलाई कर्जा निक्षेप अनुपाततर्फ साउनमा १९ हजार ३ सय ३० र भदौमा १ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ जरिवाना लगाइएको छ । जानकी फाइनान्सलाई पनि सोही सोही शीर्षकमा साउनमा ६ लाख ५५ हजार १ सय ९३ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७ सय ९९ रुपैयाँ जरिवाना तिराइएको छ । समृद्धि फाइनान्सलाई भदौमा ८० हजार ७ सय ४४ रुपैयाँ सोही शीर्षकतर्फ हर्जना गरिएकाे छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले पनि अनिवार्य मौज्दात शीर्षकमा २३ हजार १ सय ८८ रुपैयाँ जरिवाना गरेको गरेको छ।

कारबाहीकाे सम्पूर्ण विवरण तल उल्लेख गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको