Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १७ : ०९ मा प्रकाशित

खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध

चलचित्र हलहरूसँग हालैको साझेदारी पछि, खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरू उपलब्ध भएका छन् । हालै एपमा बढ्दै गएका हलहरुमध्ये ४ वटा नयाँ चलचित्र हलहरु पनि ; सिटी म्याक्स सिनेमा - बागबजार (काठमाडौँ), सिटी सिनेमा (बिराटनगर), केएसआर मुभिज (सिमरा) , एफकिउब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी); थपिएका छन्। केवल ५० सेकेन्डमा चलचित्र टिकटहरू खल्तीबाट किन्न सजिलो बनेको छ।

खल्तीले क्यूएफएक्स, आइएनआइ जस्ता अरु त्यहाँ प्रमुख थिएटरहरुसँग साझेदारी गरेपछि टिकट खरिद गर्ने परिभाषा बदलिदै आएको छ। सर्थ, एउटै एप भित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम गर्छ। खल्तीमा, प्रयोगकर्ताहरूले हालहरू, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन्।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“हामी खल्तीमा सक्दो धेरै हलहरू उपलब्ध गराई सजिलो बुकिङ प्लेटफर्म बनाउन लागि परेका छौँ। हामी चलचित्र हलहरुमा मात्र सीमित रहने छैनौँ , भविष्यमा प्रयोगकर्ताको सहजता र सुविधाका लागि नेपालभरिबाट विभिन्न कार्यक्रम र अन्य टिकट सुविधा थप ल्याउनेछौँ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको