Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको साधारणसभा आज, लाभांश सहितका यी प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, ०६ : ४३ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको साधारणसभा आज, लाभांश सहितका यी प्रस्ताव पारित हुने

मेरो माइक्रोफाइनान्स लघुवित्तको १० औँ बार्षिक साधारणसभा आज माघ ६ गते होटल हारती क्राउन नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
 
सभाले लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा९नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको