Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नाफामा उछाल, ७३ प्रतिशतले बढ्यो खुद मुनाफा

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, ०७ : ०१ मा प्रकाशित

निफ्राको नाफामा उछाल, ७३ प्रतिशतले बढ्यो खुद मुनाफा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६० करोड ४१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७३.२७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ८६ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ४९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ७३.०९४ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४५ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८२ करोड ४९ लाख ३६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ०९ पैसा, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।

कम्पनीको वित्तिय विवरणः

63c9ebd08564b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको