Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले २०२३ लाई "डिजीटल पेमेन्ट प्रोमोसन" वर्षको रूपमा मनाउने

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ११ : ०५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले २०२३ लाई "डिजीटल पेमेन्ट प्रोमोसन" वर्षको रूपमा मनाउने

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले २०२३ लागि डिजीटल पेमेन्ट प्रोमोसन वर्षको रूपमा मनाउने बताएका छन् । उनले भारतीय दुतावासले आयोजना गरेको स्टार्ट अप कनेक्ट सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

उनले नेपालमा कोभिडको समयपछि डिजीटल कारोबारमा वृद्धि भएको र उसलाई थप वृद्धि गर्न नेपाल राष्ट्र बैंकले याे अभियान सुरु गरेको बताएका थिए।

साेही कार्यक्रममा बाेल्दै गभर्नर अधिकारीले ईकमर्श र फिनटेक विकासका लागि नेपाल भारतको सहकार्यको लागी नेपाल राष्ट्र बैंक सधै सकारात्मक र सहयोगी रहेको बताएका छन्। नेपाल राष्ट्र बैंक नेपाल भारत बीचको सहकार्यले आइडिया बिजनेसको रूपमा विकसित विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा उपस्थित उद्यमी, नीति निर्माता, विद्यार्थीहरूबीच सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंक वैदेशिक लगानीप्रति सकरात्मक रहेको र सहजीकरणको भूमिका निर्वाह गरिरहेकी बताएका छन् । उनले नेपाल र भारतबीच भुक्तानीको स्रोत साधन साझा र साइबर सेक्युरिटीका समस्या समाधान गर्दा दुवै राष्ट्रले फाइदा लिन सक्ने बताएका छन्।

गभर्नर अधिकारीले नेपालमा फिनटेक इकोसिस्टम प्रवर्द्धन गर्नुपर्ने र इनोभेसन र नवीनतम इन्फरास्टक्चर विकास गर्नु आवश्यक रहेको बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको