Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुर अभियोगमा परेपछि कामना सेवाका सीईओ बर्खास्त, कामु सीईओमा विनय दाहाल नियुक्त

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १३ : ५८ मा प्रकाशित

बैंकिङ कसुर अभियोगमा परेपछि कामना सेवाका सीईओ बर्खास्त, कामु सीईओमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडका सीईओ बैंकिङ कसुरमा अभियोग परेपछि बैंकबाट बर्खास्त भएका छन् । बैंकले बैंककाे कामु सीईओमा विनय दाहाललाई नियुक्त गरेकाे छ ।

बैंककाे माघ १३ गते, शुक्रबार बसेकाे सञ्चाल समितिकाे बैठकले आज माघ १५ गते, आइतबारदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त गरेको हो । उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको हाे ।

63d62dc2caac1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको