चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २४.३ प्रतिशतले बढेकाे छ ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि पुस मसान्तसम्म नेपालमा कुल ५ खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो ।
पछिल्लो ६ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस