Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर गर्ने

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १४ : २० मा प्रकाशित

कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत Customer’s Day को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको February ९ तारिक Customer’s Day को रुपमा समेत मनाउँदै आएको छ ।

सोही अवसरमा माघ २६ गते बिहीबार दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगञ्जस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको