Like us!
Follow us!
Connect us!
Watch us!

२४ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १४ : ३९ मा प्रकाशित

२४ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २४ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे कर्मचारी सुरक्षण काेषमा रहेकाे २४ कराेड रूपैयाँ बराबरकाे रकम ३६६ दिनकाे अवधिका लागि (२०७९ साल फागुन ५ गतेदेखि २०८० साल फागुन ५ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । बैंकले क वर्गका वाणिज्य बैंकहरूमा १९ कराेड २० लाख रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा ३ कराेड ६० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा एक कराेड २० लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।

बैंक तथा वित्तीय संस्थाले माघ २७ गते बिहान १० बजेदेखि राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । 

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

63e212f9da59c.jpg 63e2130032acd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको