Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ११ : ०१ मा प्रकाशित

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता

नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ । चिकित्सकहरुले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्तामा बोलाएको हो । आज (आइतबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार र चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु भएको छ ।

वार्तामा चिकित्सक संघबाट डा. लोचन कार्की, डा.बद्री रिजाल, डा. रुद्र मरासिनीलगायतका प्रतिनिधिहरु सहभागी छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु सहभागी रहेका छन् । 

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेको विरोधमा चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन सेवाबाहेकका सेवा बन्द गराउने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको