Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र रिलायन्स लाइफको साधारणसभा आज, मर्जरको प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०६ : १० मा प्रकाशित

सानिमा र रिलायन्स लाइफको साधारणसभा आज, मर्जरको प्रस्ताव पारित हुने

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज फागुन १२ गते हुँदैछ । सानिमा लाईफको ५ औँ साधारणसभा कुन्डलिनी दरबार बैंक्वेट धुम्बाराही काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ भने रिलायन्स लाइफको लिसारा रिसेप्सन नक्साल काठमांडौमा बिहान ११  बजेदेखि सुरु हुनेछ।

दुबै कम्पनीको साधारणसभाले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने(मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

त्यस्तै सानिमा लाईफको सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ माघ २९ गते बुकक्लोज गरेका थिए त्यसैले माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको