Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत बढी ब्याज लिए उजुरी दिन राष्ट्र बैंकको आग्रह, अपर तामाकोशीले पायो हकप्रदको अनुमति

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०६ : २३ मा प्रकाशित

मंगलबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.५६२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१३ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । यसअघि संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । तर राष्ट्र बैंकले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न आग्रह गरेपछि अब संस्थाले १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्नेेछ । 

३. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । यसअघि कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । तर बीमा प्राधिकरणको निर्देशन अनुसार अब भने कम्पनीले ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१७५ प्रतिशत नगद गरी कुल ३.५० प्रतिशत मात्रै लाभांश वितरण गर्नेछ ।

४. सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेड एक आपसमा गाभिएर फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू हुनेछ । एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन फागुन २८ र २९ गते २ दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहनेछन् ।

५. मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेकाे छ । यस दिन कुल २ सय ६२ वटा कम्पनीकाे ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३८ कराेड ७८ लाख ६५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज ३ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आँधिखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

६. नेपाल राष्ट्र बैंकले लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिए उजुरी दिन आग्रह गरेकाे छ ।  लघुवित्तहरूले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा ब्याजदर असुली गरे आफूसमक्ष उजुरी गर्न राष्ट्र बैंकले आम सर्वसाधारणलाई आग्रह गरेको हाे । लघुवित्तले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ । 

७. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा चैत १७ गते हुनेछ । सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट ८.५३४% बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९% नगद गरी कुल ८.९८३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. स्पेस एक्स तथा टेस्लाका संस्थापक एलन मस्क पुनः विश्वकै धनि व्यक्ति बनेका छन् । ब्लुमबर्ग इन्डेस्कका अनुसार मस्क फ्रान्सका बेर्नार्ड अर्नाल्टलाईपछि पार्दै पुनः विश्वको धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्गको पछिल्लो अपडेट अनुसार मस्कको अहिले कुल नेटवर्थ १ सय ८७ बिलियन डलर रहेको छ । यसअघि गत डिसेम्बरमा आर्नल्टले मस्कलाई उछिन्दै धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा पुगेका थिए ।

९. सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर भाेलि बुधबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् । दुवै एक भएपछि अब सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।  बुधबारबाट एकीकृत कारोबार सुरु हुने भएसँगै दाेश्राे बजारमा दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।

१०. मंगलबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  आज पनि सुन प्रतिताेला १ लाख १ हजार ८ सय र चाँदी प्रतिताेला १२ सय ५५ रुपैयाँमा नै काराेबार भएकाे छ ।

११. अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे छ । कम्पनीले नियमनकारी निकाय विद्युत नियमन आयोगकाे आज बसेकाे बैठकबाट हकप्रद निष्कासन गर्ने अनुमति पाएकाे हाे । कम्पनीकाे असार ३० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे । साेही प्रस्ताव विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको