व्यवसाय गर्दै आएका ऋणीहरुलाई उठ्नै नसक्ने गरी अत्याचार गरेको भन्दै बैंकहरुका विरुद्धमा काठमाडौंको नयाँ बानेश्वरमा विशाल विरोधसभा हुने भएको छ । भोली शनिबार विहान ११ बजे हुने विशाल विरोधसभामा देशैभरिबाट हजारौं मानिसहरु सहभागी हुने जनाइएको छ ।
व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा विभिन्न समाजिक अभियान्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । व्यापारी प्रसाईले देशको अर्थतन्त्र डुबाउन बैंकहरुले ऋणीमाथि अत्याचार ब्याज बृद्धि गरेर बाँच्नै नसक्ने अवस्था सिर्जना गरेको विरोधमा विशाल विरोधसभा आयोजना हुने बताइएको छ ।
देशमा कही कतैबाट गरिखान नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएकै स्थानमा विशाल सभा आयोजना हुने जनाइएको छ ।
साना उद्यमी व्यवसायीहरुलाई बैंकले ब्याजदर दोब्बर बनाएर आत्महत्या गर्न बाध्य पारेको विरोधमा मुलुकको विभिन्न क्षेत्रमा क्षेत्रिय विरोध सभा सम्पन्न गरेर भोलि काठमाडौंमा हुन भएको छ । उक्त सभामा सहभागी भएर देशेको डुब्न लागेको अर्थतन्त्र जोगाउन सबैलाई सहभागी हुन आह्वान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस