Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, ०६ : २१ मा प्रकाशित

नेपाल पुनर्बिमा कम्पनीको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसा कम्पनीको मूनाफामा २१ प्रतिशतको गिरावट देखिएको छ ।

प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको निर्जीवन वीमा व्यवसायमा सामान्य बृद्धि देखिएता पनि जीवन वीमा व्ययवसायमा आएको गिरावटका कारण कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । 

यसअवधिमा इन्स्योरेन्सको नाफा घटेर १८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले २४ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो 
। समिक्षा अवधिमा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट १७ करोड ८४ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १ करोड ५ लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।

चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) ६ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ १३४ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २५७.८७ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

6403e43db6c8b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको