Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको कर्जाको सीमा कति छ ? ब्याजदर र सेवा शुल्क कति हुन्छ ?

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १५ : ५० मा प्रकाशित

लघुवित्तको कर्जाको सीमा कति छ ? ब्याजदर र सेवा शुल्क कति हुन्छ ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।

लघुवित्त वित्तीय संस्थाले सदस्यहरूको विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्य बढीमा रु.पाँच लाखसम्म र विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा रु.सात लाखसम्म विनाधितो लघुकर्जा र विपन्न तथा न्यून आय भएका समूहमा आबद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति बढीमा रु.सात लाख रुपैयाँसम्म र विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा रु.१५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ ।

लघुवित्त वित्तीय संस्थाले कति प्रकारको कर्जा प्रवाह गर्न सक्छ ?

लघुवित्त वित्तीय संस्थाले समूह जमानीमा विना धितो लघु कर्जा र स्वीकारयोग्य धितो लिई धितो कर्जा गरी दुई (२) प्रकारको कर्जा प्रवाह गर्न सक्छ ।

लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर र सेवा शुल्क कति हुन्छ ?

लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट समयसमयमा जारी गरिएको ब्याजदर र सेवा शुल्कसम्बन्धी परिपत्रले तोकेबमोजिमको ब्याजदर र सेवा शुल्क कायम गर्नुपर्ने हुन्छ । यससम्बन्धी व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी ‘एकीकृत निर्देशन, २०७८’ मा व्याजदर १५ प्रतिशत र सेवा शुल्क बढीमा १.५ प्रतिशत रहेको छ ।

लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्छ ?

लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरुबाट बचत निक्षेप संकलन गर्न  पाउँदैन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सीमित शाखाहरुबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको