Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकलाई साढे २० खर्ब ऋणको भार

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ११ : ०१ मा प्रकाशित

मुलुकलाई साढे २० खर्ब ऋणको भार

मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको छ । ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज्ञले बताएका छन् ।

असारयता सात महिनाको अवधिमा सार्वजनिक ऋण करिब ३२ अर्ब रूपैयाँ बढेको छ । माघ मसान्तसम्म सरकारको ऋण बढेर २० खर्ब ४३ अर्ब ३३ करोड रूपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यसमा आन्तरिक ऋण ९ खर्ब ९६ अर्ब रूपैयाँ र वैदेशिक ऋण १० खर्ब ४७ अर्ब ३१ करोड रूपैयाँ छ ।

गत असार मसान्तसम्म ऋण २० खर्ब १३ अर्ब २९ करोड रूपैयाँ थियो। ब्याजदर वृद्धि, नेपाली मुद्राको अवमूल्यन भएका कारण ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए । ‘पुनर्निर्माणका लागि सरकारले धेरै ऋण लियो,’ गिरीले भने, ‘केही वर्ष ऋण अझै बढ्ने देखिन्छ ।’

सरकारले राजस्व संकलन वृद्धि गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋणलाई स्रोत मानेर बजेट बनाउँदै आएको छ। बजेटको आकार वृद्धि गर्दै जाँदा राजस्वको स्रोत कम भएपछि ऋणको आकार पनि बढ्दै गएको छ ।-आजको नागरिक दैनिकबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको