Like us!
Follow us!
Connect us!
Watch us!

यी ११ वटा ब्रोकरलाई नयाँ शाखा खोल्न सेबोनको अनुमति

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : ५९ मा प्रकाशित

यी ११ वटा ब्रोकरलाई नयाँ शाखा खोल्न सेबोनको अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले ११ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई  नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको छ । धिताेपत्र बाेर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बमाेजिम नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको हाे ।

नयाँ शाखा खोल्न अनुमति पाएका ब्राेकरहरूकाे विवरण तल उल्लेख गरिएकाे छ :

१. भिजन सेक्यूरिटिज (ब्राेकर नम्बर ३४)

ब्राेकर नम्बर ३४ ले कपिलवस्तु जिल्लाको चन्द्रौटा,  ईलाम जिल्लाको ईलाम बजार र कैलाली जिल्लाको टिकापुरमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

२. कालिका सेक्यूरिटिज (ब्राेकर नम्बर ४६)

ब्राेकर नम्बर ४६ ले महोत्तरी जिल्लाको वर्दिबासमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

३.  त्रिशक्ति सेक्यूरिटिज (ब्राेकर नम्बर ४८)

ब्राेकर नम्बर ४८ ले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

४. निभ सेक्यूरिटिज (ब्राेकर नम्बर ४७)

ब्राेकर नम्बर ४७ ले सर्लाही जिल्लाको हरिवन र कैलाली जिल्लाको अत्तरियामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

५. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी (ब्राेकर नम्बर ५५)

ब्राेकर नम्बर ५५ ले पर्सा जिल्लाको विरगंज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको वर्दिबास, म्याग्दी जिल्लाको बेनी र दोलखा जिल्लाको चरिकोटमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

६. ईम्पेरियल सेक्यूरिटिज (ब्राेकर नम्बर ४५)

ब्राेकर नम्बर ४५ ले धादिङ्ग जिल्लाको धादिङ्गबेसीमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

७. थ्राईभ ब्रोकरेज हाउस (ब्राेकर नम्बर १३)

ब्राेकर नम्बर १३ ले तनहुँ जिल्लाको दमौलीमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

८. सुन्धारा सेक्यूरिटिज (ब्राेकर नम्बर ५२)

ब्राेकर नम्बर ५२ ले बारा जिल्लाको सिमरा र चितवन जिल्लाको पर्सामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

९. क्रियटिभ सेक्यूरिटिज (ब्राेकर नम्बर ४०)

ब्राेकर नम्बर ४० ले पाल्पा जिल्लाको तानसेनमा शाखा खाेल्ने अनुमति पाएकाे छ । 

१०. आशुतोष ब्रोकरेज एण्ड सेक्यूरिटिज (ब्राेकर नम्बर ८)

ब्राेकर नम्बर ८ ले सिराहा जिल्लाको मिरचैयामा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

११. मिडास स्टक ब्रोकिङ्ग कम्पनी (ब्राेकर नम्बर २१)

ब्राेकर नम्बर २१ ले गोरखा जिल्लाको गोरखा बजारमा शाखा खाेल्ने अनुमति पाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको