Like us!
Follow us!
Connect us!
Watch us!

सांसद् हरि ढकालको प्रमुख आतित्थ्यतामा चितवनको शिवनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, ११ : १४ मा प्रकाशित

सांसद् हरि ढकालको प्रमुख आतित्थ्यतामा चितवनको शिवनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चितवनको भरतपुर महानगरपालिका १४ स्थित् शिवनगरमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारि अधिकृत रामबहादुर यादवको अध्यक्षता तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आतित्थ्यतामा वित्तिय साक्षरता तथा समुह प्रमुख गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका अनुगमन अधिकृत उन्नती बांस्तोलाको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा भरतपुर महानगरपालिका वाड नं. १४ का वडा अध्यक्ष राजेन्द्र सांखिले संस्थाले सो क्षेत्रमा पुराएको वित्तिय सेवाको लागी धन्यवाद दिदै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए। सो कार्यक्रममा शिवनगर बजार ब्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरे, शिव पाञ्चांङ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद चापागाई, स्थानिय समाजसेवी तथा राजनितिकर्मि हरिकृष्ण गुरुङ, समुह नं=१६ कि सदस्य श्रीमति गंगा देबि कंडेलले मन्तब्यराखेका थिए भने संस्थामा आवद्द उत्कृष्ठ समुहहरूलाइ पुरस्कार वितरण गरिएको थियो भने संस्थामा आवद्द भइ लघुउद्धम ब्यवसाय गरि सफलता हासिल गर्ने सदस्यलाइ समेत कदरपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा समुह सदस्यबाट राखिएका सल्लाह,सुझाव,जिज्ञासाको सम्वोधन संस्थाका प्रमुख कार्यकारि अधिकृत रामबहादुर यादबले गरेका थिए भने प्रमुख अतिथि तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननिय हरि ढकालले पछिल्लो समय देशको दुरदराजमा समेत वित्तिय सेवा पुर्याउFदै त्यहाँका स्थानियलाई वित्तिय रूपमा साक्षर गराउन लघुवित्तको भुमिका अहं रहेकोले सो कार्यको प्रशंसा गर्दै,संस्थाले कर्जा असुलिको क्रममा मानविय ब्यवहार देखाउंदै सेवा प्रवाह गर्नुहुन साथै सदस्यहरूले पनि लिएको कर्जा सहि सदुपायोग गरि आर्थिक स्थिति सुधार गर्न सुझाव प्रदान गरेका थिए ।

हाल नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशका ६४ जिल्लामा १०१ शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार घरपरिवारमा लघुवित्तिय सेवा पुर्याएको संस्थाका अनुगमन अधिकृत उन्नती बांस्तोलाले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको