Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफमा सञ्चालकको मनलाग्दी, बैठकबाटै २७ लाख बढी रकम झ्वाम

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १८ : ०० मा प्रकाशित

नेपाल लाइफमा सञ्चालकको मनलाग्दी, बैठकबाटै २७ लाख बढी रकम झ्वाम

बिमा कम्पनीका सञ्चालकको पद निकै विशिष्ठ मानिने गर्छ । योग्यता र अनुभवलाई प्राथमिकतामा राखि उक्त पदमा नियुक्ति हुन्छ । तर, बिमा कम्पनीहरु यस विषय प्रति गम्भीर नभएको पाइएको छ । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुका लागि जारी गरेको विधान कम्पनीहरुले नै उलंघन र मनलाग्दी गरिरहेको खुलासा भएको छ । उनीहरु प्राधिकरणको नियम विपरित योग्यता भन्दा पनि परिवारवादलाई प्राथमिकतमा राखि सञ्चालक पदमा आफ्ना छोरा र नातेदारलाई नियुक्ति गर्ने गरेको पाइएको छ । 

नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले बिमा प्राधिकरणका नियम विपरित आफ्ना छोरालाई सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त गरेका थिए । उनले आफ्नो छोरालाई सञ्चालक पदमा विना योग्यता नै नियुक्त गरेसँगै उक्त विषय विवादास्पद बनेको थियो । सो विषयमा केन्द्रित रही नेपाल बिमा प्राधिकरणले नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र उनका छोरा जयन्तका नाममा एक निर्देशन जारी गर्यो । प्राधिकरणद्वारा जारी निर्देशनमा भनिएको थियो, ‘नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र उनका छोरा जयन्त कुमार अग्रवाल नियम विपरित दुबै जना जीवन बिमा कम्पनीको सञ्चालक बस्न नपाउने भन्दै कुनै एक जनाले तत्काल राजीनामा दिनुपर्छ ।’ 

उक्त निर्देशनपछि नेपाल लाइफका सञ्चालक कमलेशले आफूले नेपाल लाइफमा धेरै भत्ता पाइरहेको भन्दै आफ्ना छोरा जयन्तलाई सूर्यज्योती लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालकबाट राजीनामा दिन लगाए । सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षको बैठक भत्ता १५ हजार रहेको छ भने नेपाल लाइफको सञ्चालक समितिको अध्यक्षको बैठक भत्ता २२ रहेको छ । सोही प्रलोभनका लागि उनले आफ्ना छोरालाई राजीनामा दिन लगाए ।

नियम विपरितको काममा लिप्त सञ्चालक कमलेशले अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा करिब १३८ वटा सञ्चालक समितिको बैठक बसाएको थियो । उनले नियम विपरित बैठक बसाएर करिब २७ लाख भन्दा माथिको रकम झ्वाम पारे । उक्त विषयमा प्राधिकरणको नजर पुग्यो र कारबाही प्रक्रिया अघि बढायो । 

नेपाल लाइफमा कमलेश कुमार अग्रवालको दबदबा छ । उनले कम्पनीको प्रत्येक विषयमा आफ्नो संलग्नता देखाइरहेका छन् । उनले कम्पनीको स–साना खरीद बिक्रिमा समेत चासो राख्ने गर्छन् । उनी कम्पनीका अध्यक्ष गोविन्द लाल संधाइका विश्वास पात्र रहेको कारण उनले कम्पनीमा मनलाग्दी गरिरहेको खुलासा भएको छ । कमलेश नेपाल लाइफका आधारभुत सेयरधनी नै नभएको पाइएको छ । कमलेश अग्रवालले आफ्ना छोरालाई सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भएपछि बनेको सूर्यज्याति लाइफको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो । तर, आफ्ना बाबुका कारण उनले तुरुन्तै आफ्ना स्वतन्त्र सञ्चालकको पदबाट राजीनामा दिनु परेको थियो । 

संस्थागत सुशासनअनुसार विमा कम्पनीका सञ्चालक दुई कार्यकाल भन्दा बढी सो पदमा बस्ने नपाउने व्यवस्था रहेको छ । नियमको उलंघन गर्दै उनी अहिले पनि उक्त पदमा आसिन छन् । नेपाल लाइफबाट आफ्नो छवी विगारेका कारण प्राधिकरणले उनलाई राजीनामा दिन सुझाए । तर, उनले भत्ताको कारण नेपाल लाइफ नछाड्ने निर्णय गरे । उनी पटक पटक सञ्चालक हुँदै आए । उनी संस्थापक समूहबाट पनि सञ्चालक बने । बिमा प्राधिकरणले नेपाल लाइफका सञ्चालकले नियम विपरित काम गरेको भन्दै कारवाही प्रक्रिया सुरु गरेपनि पहुँचको भरमा उनलाई कारवाही हुन सकेन । 

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमाथि छानविन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले करोडौं रुपैयाँ कर छली गरेको भन्दै आयोगले छानविन सुरु गरेको हो । कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने करोडौं रकम कर छली र कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण र लेखा परिक्षणसमेत नगराई सूर्या लाइफसँग गाभ्नेरगाभिने (मर्जर) प्रक्रियामा गएको ज्योति लाइफलाई सो अभियोगमा आयोगले नियामक निकाय बीमा प्राधिकरणमार्फत् छानविन प्रक्रिया अघि बढाएको जनाइएको छ । आयोगले प्राधिकरणलाई कर छलीको विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न लिखित पत्राचार समेत गरेको बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको