Like us!
Follow us!
Connect us!
Watch us!

१५ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल हुँदै

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ११ : १२ मा प्रकाशित

१५ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल हुँदै

नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २८ गते परिपक्क हुनेछ । बैंकले  ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ ३० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल फागुन २९ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज फागुन २९ गते, सोमबार दिउँसो ३ बजे बोलकबाेल भएर भोलि फागुन ३० गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको