Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्छाैंः प्रधामन्त्री प्रचण्ड

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ०६ : ५८ मा प्रकाशित

रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्छाैंः प्रधामन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार  रहेका नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको बुधबार शुुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् ।

“विदेशमा रहेका युवाले जे जसरी देशको अर्थतन्त्रलाई योगदान पु¥याइरहनुभएको छ, यो अमूल्य छ । हामीले अब यहाँहरूको भावनाअनुसार काम गर्दै रोजगारीका लागि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गरेरै छाड्छौँ’’ प्रधानमन्त्रीले भने ।

वैदेशिक रोजगारीका लागि विदेशमा जाने वा गएका युवालाई कुुनै बहानामा दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती गर्ने काम अब सरकारका लागि स्वीकार्य नहुुने उनले बताए ।  सरकारले  विदेशमा जान चाहने युवालाई तालिम दिएर, दक्ष र सक्षम बनाएर मात्रै पठाउने गरी तयारी गरेको र यसका लागि छ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्न तालिमप्रदायक निकायको पुनर्संरचना  बनाउन  लागिएको उनले उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको