Like us!
Follow us!
Connect us!
Watch us!
कार्यान्वयन प्रकृया सुरु

सरकारले स्टार्टअप व्यवसायलाई तीन प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म ऋण दिने

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १२ : १८ मा प्रकाशित

सरकारले स्टार्टअप व्यवसायलाई तीन प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म ऋण दिने

सरकारले परियोजना धितो राखेर स्टार्टअप व्यवसायलाई अधिकतम २५ लाख रुपैयाँसम्म ऋण दिने गरी कार्यान्वयन प्रकृया थालेको छ । उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि–२०७९ अनुसार मापदण्ड पूरा गरेका तोकिएका क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियत कर्जा लिन इच्छुक उद्यमीका लागि विभागले आज सूचना निकालेर २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । 

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर तीन प्रतिशत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने गरी ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि’ पारित गरेको थियो । उक्त कार्यक्रम कार्यान्वयन गर्न सरकारले चालुआर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको