सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज चैत १७ गते लैनचौरा बुटिक काठमांडौैमा बिहान १० बजेदेखि सुरु हुँदैछ ।
सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस