Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री बन्दिन भनेकै हो, उपप्रधानमन्त्री बन्दिनँ भनेर भनेको छैन : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का

अर्थ संसार

शनिबार, १८ चैत्र २०७९, १९ : ५२ मा प्रकाशित

मन्त्री बन्दिन भनेकै हो, उपप्रधानमन्त्री बन्दिनँ भनेर भनेको छैन : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का

हिजो मात्रै उपप्रधान तथा रक्षामन्त्री नियुक्त भएका पूर्णबहादुर खड्काले आफुले मन्त्री नबन्ने आफ्नो केहि समय अगाडीको अभिव्यक्तिबाट आफू पछि नहटेको दाबी गरेका छन् । शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुगेका उपप्रधानमन्त्री खड्काले आफू धेरैपटक मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफूले मन्त्री नबन्ने बताएको तर उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको बताए । 

उनले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाएको र यसमा अन्यथा मान्न नहुने बताए। मन्त्री खड्काले आफुलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफुले रक्षा रोजेको तर्क गरे।

 मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको