Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्री महतले देखाए चासो

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १६ : २२ मा प्रकाशित

राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्री महतले देखाए चासो

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध कारोबार रोक्ने सम्बन्धमा चासो देखाएका छन् । महतले अर्थ मन्त्रालयको सुवर्ण हलमा बैठक बस्ने गरि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाइ अवैध कारोबारे छलफल गरेका हुन् । बैठकमा सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा समेत छलफल भएको छ ।

महतको आग्रहपछि बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।

सम्बन्धीत समाचार:

अर्थमन्त्री डा. महतले डाक्यो केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति बैठक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको