Like us!
Follow us!
Connect us!
Watch us!

समयमा व्याज नतिर्ने ऋणीका घर अगाडी एनआईसीले सुरक्षा गार्ड राखेपछि...

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १६ : ३७ मा प्रकाशित

समयमा व्याज नतिर्ने ऋणीका घर अगाडी एनआईसीले सुरक्षा गार्ड राखेपछि...

एनआईसी एशिया बैंकले समयमा व्याज नबुझाएको भन्दै ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा बैंकले सुरक्षा गार्ड राख्न थालेको हो ।

बैंकले इटहरीका विक्रम तिम्सिना  को घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको छ । उनले बैंकबाट लिएको ऋणको सावाँ(व्याज नतिरेपछि धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पठाइएको विक्रमले बताए ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको