Like us!
Follow us!
Connect us!
Watch us!

बजेटको तयारीमा सरकार जुटेको छ, हाम्रो मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने होः अर्थमन्त्री डा. महत

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १५ : २४ मा प्रकाशित

बजेटको तयारीमा सरकार जुटेको छ, हाम्रो मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने होः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन्। उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”  
    
सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए । 
    
समाजका पदाधिकारीले अर्थमन्त्री डा. महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको