Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा भ्याट फिर्ता

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १५ : ५६ मा प्रकाशित

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा भ्याट फिर्ता

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ। खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको अतिरिक्त बम्पर पुरस्कारको रूपमा आइफोन १४ र हरेक हप्ता स्मार्टब्याण्ड जित्ने मौका पाउनेछन्।

खल्तीको नयाँ अफरले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्नो बिल भुक्तानी झन्झटमुक्त गर्दै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। साथै यस अफरले वल्र्डलिङ्कका प्रयोगकर्ताहरूलाई खल्तीसँग सहज भुक्तानी गर्ने बानी बसाल्न पनि प्रोत्साहित गर्दछ।

अफरमा सहभागी हुन वर्ल्डलिंकका प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ। ६ हप्ताको प्रवर्द्धन अवधिमा खल्ती मार्फत गरिने हरेक वर्ल्डलिंक भुक्तानी प्रयोगकर्ताले लक्की ड्रमा स्वतः प्रवेश गर्नेछन्। आइफोन १४ को बम्पर पुरस्कार घोसणा अन्त्यमा प्रदान गरिनेछ भने हरेक हप्ता एकजना भाग्यशाली बिजेताले स्मार्टब्यान्ड प्राप्त गर्नु हुनेछ।

यस अभियानको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“यो नयाँ अफरको साथ, हामीले हाम्रा प्रयोगकर्ताहरूलाई उनीहरूको बिल भुक्तानी गर्न सजिलो मात्र बनाउँदैनौं तर अझ रमाइलो र सहज प्रोत्साहित गर्न देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक सँग साझेदारी गरेको छौँ। हामी सबै प्रयोगकर्ताहरूलाई वर्ल्डलिंक बिल भुक्तानीमा अफरहरूबाट लाभान्वित हुन यस अवसरलाई सदुपयोग गर्न प्रोत्साहन गर्दछौं।”

यसका अतिरिक्त, खल्ती प्रयोगकर्ताहरूले ‘GOCASHLESS’ प्रोमोकोड प्रयोग गरि खल्तीबाट पहिलो पटक वर्ल्डलिङ्क भुक्तानीमा फ्लाट् रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, खल्ती मार्फत वर्ल्डलिङ्कको हरेक भुक्तानीमा भ्याट रकममा १०५ रिटर्न पाउनुहोस्। केवाईसी (KYC) भेरिफाइड खल्ती आईडी भएका कुनै पनि प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको