Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १० : ३९ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास वैंकले मिति २०७९ चैत्र २२ गते आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौं स्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बूथ प्रदान गरेको छ । उक्त बूथले स्थानिय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावारण वनाउने उद्देश्य रहेको छ । 

उक्त बूथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं.३ का वडा सदस्य कृष्ण राज चालिसेले गरेका थिए। बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो । 

वैकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित  स्थान प्रदान गरि उनीहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको वैंकले लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको