Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय परिस्थिती र युद्धको बादल साम्य भयो भने नेपालको आर्थिक विकासले गति लिन्छ– अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १२ : २४ मा प्रकाशित

अन्तर्राष्ट्रिय परिस्थिती र युद्धको बादल साम्य भयो भने नेपालको आर्थिक विकासले गति लिन्छ– अर्थमन्त्री डा. महत

अर्थमन्ती डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय परिस्थिती र युद्धको बादल साम्य भयो भने नेपालको आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेका छन् । आज नेपाल उद्योग वाषिज्य महासंघको ५७ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्रमा अहिले केहि दबाब परेको तर समग्रमा एकदमै निराश हुनुपर्ने अवस्था नरहेको समेत बताए । 

उनले भने,‘आज नेपाल उद्योग वाषिज्य महासंघको ५७ औँ साधारण सभाको अवसरमा तपाईहरुकोबीचमा केहि कुरा राख्न पाउँदा म अत्यन्तै खुशी छु । हामी सबैलाई थाहा छ हाम्रो अर्थतन्त्र अहिले केहि दबाब परेको छ । केहि अपठ्याराहरु सृजना भएको छ । सरकार र अर्थमन्त्रालय र म अर्थमन्त्री यसलाई हामीले गम्भीरता साथ लिएका छौँ । यद्दपी समग्रमा एकदमै निराश हुनुपर्ने अवस्था छैन् । बाह्य सञ्चिती राम्रो छ । यद्दपी हाम्रो युवाहरु जो बाहिर छन् उनीहरुको योगदानले गर्दा, रेमिट्यान्सले गर्दा त्यस्तै गरेर अन्तर्राष्ट्रिय माहोलमा पनि ४ प्वाइनटमा माथि आर्थिक बृद्धि छ । धेरै देशहरुमा यो अवस्था छैन् । यदी अन्तर्राष्ट्रिय परिस्थिती र युद्धको बादल साम्य भयो भने हामी नेपाल आर्थिक विकासको जुन समस्या छ, आर्थिक रुपमान्तरणको जुन समस्या छ । पुँजी विकासमा समस्या छ । उद्योग व्यावसायमा लगानीका जुन समस्या छन् । ती सबै समस्याहरुलाई हल गरेर एक सकारात्मक आर्थिक वातावरण सृजना गर्न सक्दछौँ भने मलाई विश्वास छ । अध्यक्ष ज्यूले अल्पकालिन र दिर्घकालिन रुपमा जुन समस्यालाई अंकित गर्नुभएको छ । त्यसलाई हामी पनि सोहि ढंगबाट अगाडि बढ्ने छौँ । अल्पकालमा हाम्रो सम्पूर्ण ध्यान के मा  केन्द्रित हुने छ भने जुन सरकारी जुन खर्च छ, पुँजीगत खर्च गर्ने जुन हामीसँग क्षमता छ, जुन क िआइराख्या त्यसलाई प्रभावकारी बनाउने । अनावश्यक खर्चलाई निर्ममता पूर्वक कम गर्ने छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको