Like us!
Follow us!
Connect us!
Watch us!

एमाले संसद् विघटनको दाउमा छः माधव नेपाल

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १३ : १२ मा प्रकाशित

एमाले संसद् विघटनको दाउमा छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको बताएका छन्। बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका हुन्। 

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि स्पष्ट पारे। संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने अध्यक्ष नेपालको भनाइ थियो। एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको बताए।

‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिन्छ, मध्यावधिमा जान सकिन्छ भन्ने छ। त्यो बाटोमा त हामी जान सक्दैनौँ,’ उनले भने, ‘संविधान मिच्ने कुरा समर्थन गर्न सक्दैनौँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको