Like us!
Follow us!
Connect us!
Watch us!

रबिको पत्रकार सम्मेलन २ बजे, केन्द्रीय समितिले श्रेष्ठमाथि गरेको निर्णय सार्वजनिक गर्ने

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १३ : २८ मा प्रकाशित

रबिको पत्रकार सम्मेलन २ बजे, केन्द्रीय समितिले श्रेष्ठमाथि गरेको निर्णय सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले बुधबार२ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।पार्टीको २ बजे केन्द्रीय समिति बैठक बस्ने र बैठकपछि सभापति लामिछानेले पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

रास्वपाका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठ पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड मागेको अडियो बाहिरिएपछि पार्टी उनलाई निलम्बन गर्दै छानबिन गरेको थियो।

पार्टीले श्रेष्ठमाथि अनुसन्धानका लागि अनुशासन समितिलाई ७२ घन्टे स्पष्टीकरण समयसीमा दिएको थियो। सोही अनुरुप अनुशासन समितिले श्रेष्ठमाथि मंगलबार करिब १ घण्टा बयानपनि लिएको थियो।

बयानपछि समितिले हिजो नै प्रतिवेदन केन्द्रीय समितिलाई बुझाएको थियो। आजको पत्रकार सम्मेलनमा केन्द्रीय समितिले श्रेष्ठमाथि गरेको निर्णय सार्वजनिक गर्ने बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको