Like us!
Follow us!
Connect us!
Watch us!

महासंघको वरिष्ठ उपाध्यक्षमा :अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बिच पुनः निर्वाचन हुने

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १२ : ०५ मा प्रकाशित

महासंघको वरिष्ठ उपाध्यक्षमा :अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बिच पुनः निर्वाचन हुने

 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा पुगेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्यान नसकेको कारण वरिष्ठ उपाध्यक्षका निर्वाचन फेरि हुने भएको हो  ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई जना बिच प्रतिस्पर्धा अब हुनेछ। महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । अब उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ बिच  प्रतिस्पर्धा हुने भएको छ । 

समग्रमा अग्रता लिएको भए पनि बस्तुगतमा पछि परेपछि रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिए। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत प्राप्त गरे । त्यस्तै उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरे ।

महासंघको विधानअनुसार एसोसिएटतर्फको मतको भार ३० प्रतिशत हुन्छ भने जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको