Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २९ अंकले गिरावट

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, १६ : २३ मा प्रकाशित

नेप्सेमा २९ अंकले गिरावट

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेको छ । बुधबार ९२ अंकले बढेको नेप्से बिहिबार घटेर २९.०७ अंकले घटेर १९३४.४७ को विन्दुमा कायम भएको हो ।

बुधबार १ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १ अर्ब ६५ करोडमा कारोबार सीमित भएको छ । आज २७० वटा धितोपत्रको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको हो । बिहीबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आर्दश लघुवित्त, कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो। 

यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य सर्वाधिक ५.५० प्रतिशतले घटेको छ। यो स्किमको प्रतिइकाइ ८.०८ रुपैयाँमा कारोबार भएको हो। त्यस्तै आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ। विकास बैंक परिसूचक सबैभन्दा धेरै २.४८ प्रतिशतले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको