Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस सांसद एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ लिने

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ०९ : ११ मा प्रकाशित

काँग्रेस सांसद एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ लिने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन पी साउदलाई विदेशमन्त्री बनाउने तयारी भएको छ । उनलाई आज आइतवार नियुक्ति गरी सपथ गराउने टुंगो लागेको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार साउदलाई परराष्ट्रमन्त्री बनाउनेबारे सहमति बनेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट बाँकी मन्त्रीहरुको नाम पठाउनुपर्नेमा साउदको नाम पठाएको बुझिएको छ ।

काँग्रेसले ८ मन्त्रालय पाउने सहमति अनुसार चार मन्त्री नियुक्त भइसकेका छन् । बाँकी ४ मन्त्रीको टुंगो लागिसकेको र त्यसमध्ये साउदलाई विदेशमन्त्री बनाउने तयारी भएको हो ।

साउद नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् । उनी काँग्रेस सभापति देउवाका विश्वासपात्र हुन् ।

नेपालमा केपी शर्मा ओली नेतृत्वको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि परराष्ट्र मन्त्रालय प्रचण्ड आफैमा सम्हाल्दै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको