Like us!
Follow us!
Connect us!
Watch us!

वर्तमान आर्थिक संकट समाधान गर्न राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने चन्द्र दकालको प्रतिबद्धता

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १४ : २९ मा प्रकाशित

वर्तमान आर्थिक संकट समाधान गर्न राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने चन्द्र दकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। 

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकालमा पाँच काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासङ्घका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले गाँउबाट आएको सानो व्यवसायी पनि महासङ्घको नेतृत्वमा आउन सक्दो रहेछ भन्ने कुराको उदाहरण आफू स्वयम् भएको बताए । उनले भने, “महासङ्घमा साना व्यवसायीहरुको प्रतिनिधित्व हुँदैन कि भन्ने साथीहरुलाई चिन्ता छ । म आफैँ पनि सानो व्यवसाय गरेर महासङ्घको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ । मैले पाँच बुँदे प्रतिबद्धता पनि घोषणा गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको