Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार त्रिभुवन विमानस्थलमा उडान र अवतरण नहुने

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १२ : ४५ मा प्रकाशित

बिहिबार त्रिभुवन विमानस्थलमा उडान र अवतरण नहुने

बैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म ६ घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द हुने भएको छ। विमानस्थलस्थित् नागरिक उड्डयन कार्यालय (क्यान)ले हिजो (मंगलबार) सूचना जारी गर्दै उडान र अवतरण सेवा बन्द हुनेबारे जानकारी दिएको हो। 

यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साग विद्युत आपूर्तिलाई थप सुधार गर्नका लागि अनलाईन यूपीएस जडान गर्ने भएकाले उक्त अवधिमा उडान र अवतरण बन्द हुने प्राधिकरणले जानकारी दिएको छ। 

आन्तरिक र बाह्य दुवै उडान र अवतरण बन्द हुने भन्दै प्राधिकरणले उक्त समयमा यात्रा गर्ने यात्रुहरुलाई सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको