Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकद्वारा नेपालको पहिलो ‘हेजिङ्ग’ कारोबार सम्पन्न

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : ०५ मा प्रकाशित

एनएमबि बैंकद्वारा नेपालको पहिलो ‘हेजिङ्ग’ कारोबार सम्पन्न

विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्नका लागी नेपालका बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण हुन्छ ।

यस्ता उतार चडाब नियन्त्रण गर्नका लागी एनएमबि बैंक लिमिटेडले The Currency Exchange Fund (TCX), Amsterdam र MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न गर्ने नेपालको अग्रणी बाणीज्य बैंक भएको छ ।

नन् डेरिभरेवल कस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण दि करेन्सी एक्सचेञ्ज फण्डले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टीसीएक्स र एमएफएक्सप्रति एनएमबि बैंक आभारी रहेको छ ।

यस हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्धता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

टीसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो । सन् २००९ मा एमएफएक्स करेन्सी रिस्क सोलुसन धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको