प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रफिट सेयरिङमा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।
“माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म संचालनमा रहनेछ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन सक्ने बताइएको छ ।
ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिकरुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिएको छ ।
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस