Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दाबी

अर्थ संसार

शनिबार, ०९ बैशाख २०८०, ०९ : ०३ मा प्रकाशित

श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दाबी

श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३।६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९।२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । 

विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२।३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७।४ प्रतिशतबाट ५४।९ प्रतिशतमा झरेको जनाएको छ ।

विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ ।

नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ । 

विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता चप्पल र हाउजिङको मूल्य बढेको छ भने पानी र बिजुलीजस्ता सार्वजनिक सेवाको मूल्य पनि बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको