Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिनका लागि दुई कम्पनीको आवेदन

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १६ : ०७ मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिनका लागि दुई कम्पनीको आवेदन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको स्टक एक्सचेन्जको लाइसेन्स लिन आज आइतबार अन्तिम दिन दिउँसोसम्म दुई ओटा कम्पनीको आवेदन परेको छ । गत शुक्रवार हिमालयन स्टक एक्सचेञ्जले निवेदन दर्ता गराइसकेको छ भने आज आइतबार नेशनल स्टक एक्सचेञ्जले समेत आवेदन दर्ता गराएको हो ।

नेपाल धितोपत्र बोर्डले चैत ३० गते एक नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जका लागि आवेदन माग गरेको थियो । आइतबार साँझ ५ बजेसम्म आवेदन दर्ता गर्न सकिने जानकारी बोर्डले दिएको छ । दुई कमोडिटी एक्सचेञ्जका लागि भने हालसम्म कुनै पनि आवेदन नपरेको बोर्डको भनाई छ ।

आइतबार नेशनल स्टक एक्सचेन्जमा उपेन्द्र महतो, दीपक तिमिल्सिना, सिद्धार्थ ग्रुप अग्नि ग्रुप रिलायन्स ग्रुप, अर्का एनआरएन जीवा लामिछाने, एनआरएनका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी रहेको छ । बेलायत बसेर व्यापारव्यावसाय गरिरहेका रविजंग लामिछानेको पनि नेशनल स्टक एक्सचेन्जमा लगानी हुने जनाइएको छ ।

नयाँ स्टक एक्सचेञ्जका लागि रू ३ अर्ब चुक्तापूँजी तोकिएको छ । रू. ३ अर्ब पूँजीमा नयाँ स्टकले ७० प्रतिशत संस्थापक तर्फ र ३० प्रतिशत सर्वसाधारणतर्फ स्वामित्व कायम गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । 

यस अघि दर्ता भएको हिमालयन स्टक एक्सचेञ्जमा भने हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूकै लगानी रहेको छ । शंकर ग्रुप अन्तर्गतको कम्पनी र दिपक भट्ट समूहको मूख्य लगानी रहेको कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरू भवानी राना, शेखर गोल्छा, पशुपति मुरारकाले संस्थागत रुपमा लगानी रहेको छ । 

त्यस्तै परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायतको समेत उक्त कम्पनीमा लगानी रहेको छ ।  

नेपाल धितोपत्र बोर्डको गत कात्तिक १५ गतेदेखि स्थगित भएको नयाँ लाईसेन्स वितरण प्रक्रिया अघि बढाएको हो । यस अघि बार्डले गत असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर लाईसेन्सका लागि आवेदन माग गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको