आज सेयर बजारमा हरियाली देखिएको छ । नेप्से सूचक २.७१ अंकले बढेर १८८८.३२ को विन्दुमा कायम हुन पुगेको हो ।
नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज सेयरबजारमा जम्मा ७५ करोड १३ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
सर्वाधिक कालिञ्चोक दर्शन लिमिटेडको ८ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख, नबिल बैंकको २ करोड १५ लाख, एनआइसी एशिया बैंकको १ करोड ८९ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस