Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा उपेन्द्र यादवको इन्ट्री, बारा-२ बाट विजयी

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ०८ : ०८ मा प्रकाशित

संसदमा उपेन्द्र यादवको इन्ट्री, बारा-२ बाट विजयी

 प्रतिनिधिसभा सदस्य उपनिर्वाचन बारा(२ को अन्तिम नतिजा आएको छ। बारा-२ बाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् । उनी यस पार्टीका अध्यक्ष हुन। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ५ हजार ८१ मतले पराजित गरे।  

जनता समाजवादी पार्टीक यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए  । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

तेस्तै पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् ।  तेस्तै आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत मात्रै प्राप्त गरे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको