यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ ।
चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११.३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।-रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस