प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले सिंहदरबार स्थित संसद सचिवालयमा सांसदको लोगो लगाई दिँदै शपथ खुवाएका हुन् ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् । बारा २ बाट निर्वाचित सांसद् उपेन्द्र यादवको भने आज शपथ भएन् । निर्वाचन क्षेत्र बारा मै भएको कारण उनले आज शपथ लिन पाएनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस